२०८२ माघ २५ आइतवार , ०१:०१:४६ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन तोलामा ९५०० रुपैयाँले बढ्यो

आइतवार, माघ २५, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

आइतवार, माघ २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर