२०८२ माघ २३ शुक्रवार , १०:२६:२१ बजे

Sajhamanch
'

कमला नदीको संगमस्थलमा सन्ध्या आरती

शुक्रवार, माघ २३, २०८२

सिन्धुली । प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उद्देश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगमस्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ ।

कमलामाई मन्दिर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न उक्त आरतीमा स्थानीय श्रद्धालु भक्तजनहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका व्यक्तिहरु, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

आरती शुभमुहर्तका क्रममा कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादव, कमलामाईका अभियन्ता विश्वनाथ बराल लगायतले कमला नदीको संरक्षण गर्नसके मावन सभ्यताको रक्षा हुने आशय प्रकट गर्नु भयो ।

प्रथम पटक गौतमी र कमलानदीको संगमस्थलमा संचालन गरेको आरती आगामी दिनमा समेत निरन्तर गर्ने कमलामाई व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो ।

सिन्धुली जिल्लाको चुरे पहाडको काखमा उद्गमस्थल रहेको कमला नदी मधेश प्रदेश हुँदै भारतको विहार राज्यका विभिन्न स्थानमा समेत पवित्र देवीको रुपमा पुजिँदै आएको छ ।

सम्बन्धित खबर