
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
सुन आज तोलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा २७० रुपैयाँले घटेको छ । चाँदी २७० रुपैयाँले घटेर तोलाको ४ हजार ७१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० रुपैयाँ थियो ।


