२०८२ माघ २० मङ्गलवार , ०१:५०:०० बजे

Sajhamanch
'

दुई दिन लगातार घटेको सुनको भाउ आज बढ्यो

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३०० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलामा १३ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँमा झरेको थियो । त्यस्तै अस्ति आइतवार सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एक सय ३५ रुपैयाँ बढेर तोलाको ५ हजार ३३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ५ हजार २०० रुपैयाँ रहेको थियो ।

मङ्गलवार, माघ २०, २०८२ | अर्थतन्त्र, समाज