२०८२ माघ १८ आइतवार , ०५:०१:४४ बजे

Sajhamanch
'

राष्ट्रपति रनिङ शिल्ड कमल म.र. मावि अग्रस्थानमा 

आइतवार, माघ १८, २०८२
कमल । झापाको कमल गाउँपालिकामा  सन्चालित पालिका स्तरिय १६औं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मार्शल आर्ट बाहेका सम्पुर्ण खेल सम्पन्न भएका छन्   ।
गत माघ १५ गते देखी कमल ५ स्थित  निर्माणाधिन आदिबासी रङ्गशालामा सन्चालित रनिङ शिल्ड प्रतियोगिता अन्तरगत मार्शल आर्ट बाहेको नतिजा अनुसार ७ स्वार्ण ६ रजत र ४ काश्य पदक  प्राप्तगरी महेन्द्र रत्न माध्यमिक विध्यालय कमल २ अग्रस्थानमा रहेको छ ।
त्यसैगरी ६ स्वार्ण ५ रजत र १ काश्य पदक प्राप्तगरी कमल ३ स्थित वण्डरल्येण्ड  ईङ्गलीस बोडिङ्ग स्कुल  द्वतिय स्थानमा रहेको छ भने ५ स्वार्ण ५ रजत र ४ काश्य पदक प्राप्तगरी निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल तृतिय स्थानमा रहेको शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।
पदक बिजेता  विध्यालय र विध्यार्थि, उत्कृष्ट खेलाडीलाई  गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , शिक्षा समितिका सदस्य ,प्याब्सन कोशीका सचिव गौरिमान फागो लगायतले शिल्ड, प्रमाण पत्र र पदक  प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा २२ वटा विध्यालयका ३०० बढी खेलाडी, खेल शिक्षक लगाएतको सहभागीता रहेको थियो ।
प्रतियोगिता समापनको अवसर पारेर कमल गाउँपालिकाका  भलिवल पुर्व  राष्ट्रिय खेलाडी तथा हाल प्रदेशीक रेफ्री रोशन दाहाललाई दोसल्ला  सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

सम्बन्धित खबर