२०८२ माघ १८ आइतवार , ०३:०७:५३ बजे

Sajhamanch
'

चारआलीमा एक पुरुष मृत फेला

आइतवार, माघ १८, २०८२

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

पाँचथरको फिदिम नगरपालिका–४ घर भई चारआली क्षेत्रमा मागी खाँदै हिँड्ने ३८ वर्षीय तपस नेपाली शनिबार राति मृत फेला परेका हुन्।

मेचीनगर–१३ स्थित जीवन कार्कीको घरको बरन्डामा नेपालीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी मृतकका आफन्तलाई जानकारी गराएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर