२०८२ माघ १८ आइतवार , १२:५८:१४ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्‍यो

आइतवार, माघ १८, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन १८ हजार ८०० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि १८ हजार ८०० रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ५६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ थियो । बिहीवार चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ७ हजार ५०५ रुपैयाँ थियो ।

आइतवार, माघ १८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर