२०८२ माघ १८ आइतवार , १०:५८:१९ बजे

Sajhamanch
'

बालकल्याण विद्यालयको महोत्सव तयारी तीव्र रूपमा : प्रअ यादव

आइतवार, माघ १८, २०८२

विर्तामोड । अर्जुनधारा नगरपालिका ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सव (२५औँ वार्षिकोत्सव) आयोजना गर्दैछ ।

विद्यालयले माघ २६ र २७ गते दुई दिनसम्म विविध कार्यक्रमसहित रजत महोत्सव मनाउने तयारी गरेको छ । सो महोत्सव तीव्ररूपमा अघि बढेको विद्यालयका प्रधानाध्यापक डम्बर यादवले बताए ।

माघ २६ गते विद्यालयस्तरीय कार्यक्रम, अभिभावकका रमाइला कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण गरिनेछ भने माघ २७ गते कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति, विद्यालय विकासमा सहयोग गर्ने दाता तथा विशिष्ट व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको सहप्रधानाध्यापक देउमाया दाहालले जानकारी दिइन्।

महोत्सवलाई सफल ढंगले सम्पन्न गर्नका लागि १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने अतिथि सत्कार, प्रतिवेदन लेखन, सरसफाइ, सांस्कृतिक, बगैंचा व्यवस्थापन, प्रचारप्रसार, खेलकुद र आर्थिक उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको प्र अ यादव बताउँछन् ।

कार्यक्रम विद्यालय प्राङ्गणमा बिहान १० बजेदेखि सुरु हुने बताइएको छ । रजत वर्षका कार्यक्रम तथा प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको पनि प्रधानाध्यापक यादवले जानकारी दिए। विद्यालय परिवारले रजत महोत्सवलाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, अभिभावक, शुभेच्छुक तथा समुदायका व्यक्तिहरूलाई उपस्थितिका लागि आग्रह पनि गरेका छ ।

सम्बन्धित खबर