
झापा । झापामा करेन्ट लागेर दुईजना कामदार घाइते भएका छन् । गएराति ९३० बजे बिर्तामोड– ८ देउनियाँस्थित जगदम्बा प्लाई उद्योगमा काम गर्ने सोही ठाउँका ३१ वर्षीय राजकुमार रायलाई करेन्ट लागेको हो । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
त्यस्तै हिजो दिउँसो २ बजे मेचीनगर– १५ निलकोटीमा आदित्य पराजुलीले सञ्चालन गरेको पराजुली बायोमास उद्योगमा काम गर्ने कामदार भद्रपुर ६ का ४० वर्षीय गोविन्द राजवंशी करेन्ट लागेर घाइते भएका छन् ।
वाइल्डिङको तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइतेको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


