२०८२ माघ १६ शुक्रवार , ०१:१३:५९ बजे

Sajhamanch
'

सुनको भाउ २० हजार ५०० रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । हिजो तोलामा २० हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँ थियो ।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि हिजोको तुलनामा घटेर तोलाको ७ हजार ६५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ थियो ।

शुक्रवार, माघ १६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर