२०८२ माघ १४ बुधवार , ११:५९:५२ बजे

Sajhamanch
'

झापाका प्रहरी प्रमुख खड्काको प्रतिवद्धता

मङ्गलवार, माघ १३, २०८२

भद्रपुर । झापामा प्रहरी प्रमुख (एसपी)को जिम्मेवारी सम्हाल्न आउनु भएकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले झापाको शान्ति सुव्यवस्थाका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हालेपछि पहिलो पटक आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उपरीक्षक खड्काले आसन्न निर्वाचका बेला हुनसक्ने सुरक्षा चुनौतिलाई समेत नियन्त्रणमा लिने गरी काम गर्ने विश्वास दिलाउनु भएको हो ।

बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौंडाबाट सरूवा भएर आएकी खड्काले कुराकानीका क्रममा शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी आएकाले शान्ति सुरक्षा कायम गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रहरी उपरीक्षक खड्काले जिल्लामा कार्यरत प्रहरीहरूले गर्ने काम कारवाहीका बारेमा जानकारी लिन प्रहरी युनिटहरूको अनुगमन गर्ने तथा खराब नियत राखेर प्रहरीको बर्दी दुरूपयोग गर्नेहरू बिरूद्ध कठोर भएर कारवाही गर्नेसमेत जानकारी दिनुभयो ।

सम्बन्धित खबर