२०८२ माघ १२ सोमवार , ११:२५:१८ बजे

Sajhamanch
'

‘ग्रेट’ बाट फिल्ममा फर्किइन् शोभित सिम्खडा, भन्छिन्यो- फिल्म साधना पनि हो

सोमवार, माघ १२, २०८२

काठमाडौं । निर्देशक मनोज पण्डितले आगामी निर्देशकीय फिल्म ‘ग्रेट’ को छायांकन थालेका छन् । श्रीपञ्चमीको अवसरमा उनले पर्वत जिल्लाको ऐतिहासिक एवं पर्यटकीय थलो महाशिलाबाट छायांकन सुरु गरेका हुन् ।

छायांकनअघि महाशिलामा शुभसाइत पूजा समेत गरियो । महाशिलालाई एसियाकै सबैभन्दा ठूलो शिलाका रूपमा लिइन्छ । युधिष्ठिर सरस्वती क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।यो फिल्मबाट अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिम्खडाले लामो समयपछि फिल्ममा पुनरागमन गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘दाग’ सन् २००० मा रिलिज भएको थियो । त्यसअघि उनले ८ फिल्ममा अभिनय गरेकी थिइन् ।

एक समयकी चर्चित अभिनेत्री सिम्खडा लामो झन्डै दुई दशक फिल्म क्षेत्रबाट टाढिएर पूर्णरुपमा ओशोको आध्यात्मिक साधनामा तल्लीन थिइन् ।फिल्ममा पुनरागमनबारे सिम्खडा भन्छिन्, ‘मैले अभिनयबाट विश्राम लिएर अध्यात्मको बाटो रोजेको थिएँ । ‘ग्रेट’ को कथावस्तु र यसले बोक्ने आध्यात्मिक चेतना मेरो वर्तमान जीवनशैलीसँग निकै नजिक छ । त्यसैले यो चलचित्र मेरो लागि केवल अभिनय मात्र नभएर एक साधना पनि हो ।’

फिल्ममा विशाल पोखरेल, देवेन्द्र नेपाल, अग्रिम पण्डित, रिश्ता बस्नेत, दीपक भट्टराई र टङ्क चौलागाईंले अभिनय गर्दैछिन् । पर्दा पछाडि बसेर कलाकारलाई निर्देशन गर्ने मनोज पण्डित स्वयम् यसपटक पर्दामा एउटा विशेष भूमिकामा देखिनेछन् । फिल्म अभिनयमा पण्डितको समेत डेब्यू हुनेछ ।

विवेक लामाले छायाङ्कन गरिरहेको यस फिल्मलाई गायिका सोफिया थापाले निर्माण गर्दै छिन् ।

सम्बन्धित खबर