२०८२ माघ ११ आइतवार , ०९:१८:२३ बजे

Sajhamanch
'

डिन झापामा नेयाँ नेतृत्व, अध्यक्षमा दमकका राई

आइतवार, माघ ११, २०८२

झापा । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) झापाको अध्यक्षमा ओमप्रकाश राई निर्वाचित भएका छन् ।

कनकाईमा सम्पन्न १७औं जिल्ला अधिवेशनबाट दमक नगरपालिकामा कार्यरत राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा हिरण्यकुमार राई, सचिवमा विशाल राजवंशी, सहसचिवमा विष्णुबहादुर आङदेम्बे र कोषाध्यक्षमा डम्बरबहादुर श्रेष्ठ चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा डम्बरकुमारी अधिकारी थापा, प्रियंका बुढाथोकी, प्रज्वल प्रसाई, लोचन बस्नेत र प्रेमचन्द्र बाँस्तोला रहेका छन् ।

नयाँ समिति चयन गर्न जीवन घिमिरे संयोजक तथा खड्गबहादुर बस्नेत र कमल दाहाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।