२०८२ माघ ११ आइतवार , १०:२९:०७ बजे

Sajhamanch
'

जसिताले साइन गरिन् ‘पारस’

आइतवार, माघ ११, २०८२

काठमाडौं । अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी निर्देशकीय प्रोजेक्ट ‘पारस’ साइन गरेकी छन् । कृषाले शनिबार जसितालाई अनुबन्धित गरिएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् ।

कृषा लेख्छिन्, ‘मायालु जसितासँग मेरो अर्को फिल्मको घोषणा गर्न पाउँदा खुसी र उत्साहित छु । उनीसँग कसलाई जोडी बाँध्नुपर्ला, मलाई भन्नुहोला । सुझावलाई स्वागत छ । पारस ।’सुपरहिट फिल्म ‘जेरी अन टप’ पछि जसिताले यो फिल्म साइन गरेकी हुन् । कृषाले जसिता र टिमसँगको फोटो सेयर गर्दै कास्टिङबारे जानकारी गराएकी हुन् ।

यसअघि यो फिल्मको शीर्ष भूमिकामा निखिल उप्रेती पनि देखिने चर्चा थियो । यद्यपि, यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।

सम्बन्धित खबर