२०८२ माघ ९ शुक्रवार , ०८:४३:२५ बजे

Sajhamanch
'

‘यो पटक कांग्रेसले दियो धेरै महिलालाई अवसर’

शुक्रवार, माघ ९, २०८२

झापा । नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै को बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले प्रसंशा गरेका छन् ।

नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । झापा–२ मा पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री सरिता प्रसाई र झापा–५ बाट महासमिति सदस्य मन्धरा चिमरिया पौडेल नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्छ । यसैगरी झापा क्षेत्र नं–१ मा केशवराज पाण्डे, ३ मा राजेन्द्र घिमिरे र ४ मा देउकुमार थेवे उम्मेद्वार रहनुभएको छ ।

समानुपातिकतर्फ झापाका ६ जना महिलाहरु सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, गोमा भटराई, राधा कार्की, रिना उप्रेती र मनु विश्वकर्माले स्थान पाएका छन् भने एकमात्रै पुरुष सत्यनारायण चौधरी उम्मेद्वार छन् ।

पार्टीले महिलालाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अवसर प्रदान गरेको प्रति गर्व गर्दै कार्यक्रमका सहभागीहरुले महिलाहरुका समस्या सम्बोधनका लागि नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा आफूहरुलाई पु¥याउन आम मतदातामा अपिल गरेका छन् ।

नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न कार्यक्रमका सहभागी वक्ताहरुले महिलाहरुमा अथाह शक्ति हुने तर प्रदर्शन गर्न नचाहने प्रसङ्ग उठाउँदै पार्टीले दिएको अवसरको भरपुर उपयोग गर्न सबै एकजुट भएर जुट्नुपर्ने बताए ।