
काठमाडौं । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५ सय मिटर तार तान्न बाँकी छ ।
६ वर्षअघि ७० करोड रुपैयाँमा प्रसारण लाइनको काम शुरुआत भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । चौधरीका अनुसार आउँदो एक हप्तामा परीक्षण सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ ।


