
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाउनु भएको छ । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वतः कार्यबाहकको जिम्मेवारी पाउनु भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उहाँले कार्यबाहकको जिम्मेवारी पाउनु भएको हो । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिनु भएको हो ।


