२०८२ माघ ४ आइतवार , ०१:०६:४१ बजे

Sajhamanch
'

सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

आइतवार, माघ ४, २०८२

काठमाडौं । सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ७७ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ६४५ रुपैयाँ थियो ।

सम्बन्धित खबर