
शिवसताक्षी । झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । आयोजक शिवसताक्षी नगरपालिकाले माघ ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन माघ ९ गते बिहान ११ः३० बजे हुने छ । उद्घाटनको दिन ३ खेल सञ्चालन गरिने छन् ।
खेल तालिकाअनुसार माघ १० गते ४ खेल, माघ ११ गते ४ क्वाटरपाइनल खेल सञ्चालन हुनेछन् । त्यसैगरी माघ १२ गते २ सेमिफाइनल खेल र माघ १३ गते फाइनल खेल आयोजना गरिने खेल संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको मुख्य उद्देश्य पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, सुमधुर सम्बन्ध र भाइचारा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।


