२०८२ पौष २७ आइतवार , ०८:३३:५० बजे

Sajhamanch
'

सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ नाघ्यो : चाँदी तोलाको ५ हजार नजिक

आइतवार, पौष २७, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६७ हजार ८०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९३५ रुपैयाँ रहेको थियो ।

आइतवार, पौष २७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर