
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
सिंहदरबारको पश्चिम गेट नजिकै रहेको शालिकमा माल्यार्पण कार्यक्रममा पुग्नुभएका राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उहाँहरुले पनि शाहप्रति सम्मान प्रकट गर्नुभयो । हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
आज ३०४औँ पृथ्वी जयन्ती हो । यसअघि एक संदेशमार्फत् राष्ट्रपति पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल एकिकरणमा पूर्वजले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।


