२०८२ पौष २६ शनिवार , ०२:४१:१७ बजे

Sajhamanch
'

हिजो र अस्ति घटेको सुनको भाउ आज २१०० रुपैयाँले बढ्यो

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १०० रुपैयाँले बढेको छ ।

सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ६७ हजार ७०० रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८३५ रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ थियो ।

शुक्रवार, पौष २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर