बिर्तामोड । नेपाली कांग्रेस झापा मातहत रहेको सहकारी विभाग विस्तार गरिएको छ ।
विभागका संयोजक दुर्गाप्रसाद सापकोटाको अध्यक्षता एवं नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विभाग विस्तार गरेको हो ।
भेलाले विभागको सहसंयोजकमा लवकुमार चौधरी, सचिवमा राजेन्द्रप्रसाद रिजाल, सहसचिवमा रोशन विष्टलाई चयन गरेको छ ।
यसैगरी गोपालप्रसाद चुडाल, भक्तबहादुर तामाङ, मित्र खनाल, गंगाप्रसाद प्रसाई, भगिरथ राई, खगेन्द्रराज बजगाई, पद्मा भटराई, कर्मा शेर्पा, उर्मिला गौतम, पोषक दर्जी, पम्फा विश्वकर्मा, शेरबहादुर श्रेष्ठ, रविचन्द्र राई, विश्वेश्वर बजगाई (विपिन)लाई सदस्यमा चयन गर्दै विभाग विस्तार गरिएको हो ।
कांग्रेस सम्बद्ध सहकारीकर्मीहरुको बिर्तामोडमा भएको भेलाले विभागको सल्लाहकारहरुमा चन्द्राकुमारी खड्का भट्टराई, गोविन्द पौडेल, युवराज गिरी, भुपाल बस्नेत, देविका निरौला बस्नेत, जयनारायण शाहलाई चयन गरेको विभागका संयोजक दुर्गाप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


