
काठमाडौं । हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो ।
भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै अस्ति तोलामा ४ हजार ६०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज तोलाको ४ हजार ९३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलामा १९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८८० रुपैयाँ थियो ।


