२०८२ पौष २३ बुधवार , ११:३७:३९ बजे

Sajhamanch
'

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मङ्गलवार, पौष २२, २०८२

मोरङ । विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ९५० रुपैयाँसहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मङ्गलवार, पौष २२, २०८२ | अपराध, समाज

सम्बन्धित खबर