
काठमाडौं । सुनको भाउ आज तोलामा ३ हजार १०० रुपैयाँले बढेको छ ।
सुन आज ३ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १९५ रुपैयाँले बढेको छ । चाँदी १९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ १८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६८५ रुपैयाँ थियो ।


