
झापा । बैङ्किङ कसूरमा पटक पटक पक्राउ पर्दै आएका बिर्तामोड-१ का भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
हिजो दिउँसो बिर्तामोड – १ अतिथि सदन नजिकबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले ५६ वर्षीय भानुप्रसाद शिवाकोटीलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो ।
झापा जिल्ला अदालतको २०८१ फागुन १८गतको फैसलाबमोजिम उनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । अदालतको फैसलापछि उनी फरार रहेका थिए ।


