
काठमाडौं । गएको भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ ।
बयानका लागि पत्र बुझाउन हिजो ओली निवास गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित वक्तव्य दिनुभएको हो । यसअघि एमाले अध्यक्ष ओलीले आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षाकर्मी, तत्कालीन मुख्य सचिवसम्म, गृहसचिव र काठमाण्डौका प्रशासन प्रमुखसँग बयान लिइसकेको छ । सबैसँगको बयान सकेपछि आयोगले प्रतिवेदन लेखनको काम अघि बढाएको छ ।
नवयुवाको आन्दोलनपछि गठन भएको सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।


