२०८२ पौष २२ मङ्गलवार , ०७:१३:५८ बजे

Sajhamanch
'

बेनिशा हमाल स्टारर ‘बिगुल’ को ट्रेलर

सोमवार, पौष २१, २०८२

काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ ।

रमेश कोइराला निर्देशित फिल्मको ३ मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच विचारको मतभेद, जिम्मेवारी तथा निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलवाडको विषय प्रस्तुत गरिएको छ ।ट्रेलरमा कलाकार बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपानेले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ । फिल्ममा दिनेश कोइरालाको कथा र निर्माण छ ।

फिल्ममा सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्देलको अभिनय छ । ‘बिगुल’ ९ माघदेखि प्रदर्शन तयारीमा छ ।

सम्बन्धित खबर