
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज एकता सभा गर्न लागेको हो।दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा हुने रास्वपाले विज्ञप्ति जारी गरी जनाएको छ। पुस १३ र १४ गते रास्वपाले साह र कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।
सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ। आइतबार बसेको राश्वपा केन्द्रीय समिति बैठकले एकताबाट आएकाहरुलाई समेटेर पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।


