
काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँमा थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर आज तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ५२५ रुपैयाँ थियो ।


