
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफलका निम्ति राखिएको छ।


