२०८२ पौष २० आइतवार , ०३:२७:१६ बजे

Sajhamanch
'

कमलस्थित पूर्व नेपालको वार्षिक साधारण सभा सम्पन्न

शनिवार, पौष १९, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा माइन्युट प्रमाणकिरण गर्दै आज सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा सम्पन्न सभामा झापा जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समितिका संयोजक चूडामणि ओझाको प्रमुख आतिथ्य थियो । सो समारोहमा मन्तब्य राख्दै उहाँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा मात्र नभएर सबै क्षेत्रमा समस्या आएको बताउनु भयो ।

बैंक तथा वित्तीय क्षेत्रमा समस्या आउनुको प्रमुख कारण व्यवसाय सञ्चालनमा ग्यारेन्टी नभएकोले हो भन्नुहुँदै ओझाले यस्तो समस्या एउटा मात्र वित्तीय संस्थामा नभएर सबै क्षेत्रमा विद्यमान रहेको प्रष्ट पार्नुभयो ।

२०५७ सालमा स्थापना भएको संस्थाले झापा र मोरङमा १३ वटा सेवा केन्द्र मार्फत आफ्ना सदस्यलाई आर्थिक तथा सामाजिक सेवा प्रदान गर्दै आएको छ ।

सस्थाले आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६२ करोड ३६ लाख ७७ हजार ६५९ रुपैयाँ कारोवार गरेको अध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले साधारण सभाको अवसरमा विगत वर्षमा झैं सम्मान तथा पुरस्कारलाई समेत निरन्तता दिएको छ । संस्थाले उत्कृष्ट कारोबारी सदस्यहरु बचततर्फ २६ जना, क्रमिक बचततर्फ ३३ जना, उद्यमीतर्फ २६ जना, कोपिला बचततर्फ ६८ जना र ज्येष्ठ सदस्यतर्फ १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका निमित्त कार्यकारी निर्देशक मिलन सापकोटाले गर्नु भएको थियो भने उपाध्यक्ष यामबहादुर कट्टेलले शाब्दिक स्वागत गर्नु भएको थियो ।