२०८२ माघ ९ शुक्रवार , ०३:२५:१८ बजे

Sajhamanch
'

कमल गाउँपालिका ४ द्वारा जग्गा दातालाई सम्मान

शुक्रवार, पौष १८, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दातालाई सम्मान गरेको छ ।

विकास र जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै वडा कार्यालयले एक कार्यक्रमका बीच जग्गादातालाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको हो ।

आधारभूत स्वास्थ्य कार्यालय निर्माणका लागि तुलसी चाम्लिङ र मीरा चाम्लिङको तर्फबाट एक कठ्ठा तथा हरिबहादुर तामाङ, दावा तामाङ र नैनकला मुखियाको तर्फबाट एक कठ्ठा जमिन उपलब्ध गराइएको थियो ।

त्यस्तै वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि मनमाया इङ्नाम र रत्नकुमार इङनामको तर्फबाट २ कठ्ठा १० धुर, पदमबहादुर श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठबाट १ कठ्ठा, भिमबहादुर तामाङ र बिना तामाङको तर्फबाट १० धुर तथा अम्बरबहादर कार्की र कमला कार्कीको तर्फबाट १० धुर जमिन वडालाई प्राप्त भएको थियो ।

वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि आवश्यक पर्ने अपुग जग्गा खरिद गर्न रकम दान गर्ने २८ जनालाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई ,निवर्तमान वडाध्यक्ष प्रेमबहादुर राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सार्वजनिक प्रयोजनका लागि व्यक्तिगत सम्पत्ति दान गर्नु उदाहरणीय र प्रशंसनीय कार्य भएको बताउनु भयो ।

यस प्रकारको सहयोगले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष राईले यस्तो सहयोगले आगामी दिनमा अन्य सामाजिक कार्यमा समेत प्रेरणा मिल्ने बताउनु भयो ।

वडा कार्यालय र आधारभूत स्वास्थ्य कार्यालय निर्माणपछि वडाबासीले नजिकैबाट प्रशासनिक तथा स्वास्थ्य सेवा पाएको जनाउनु हुँदै वडाध्यक्ष भट्टराईले विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई प्रत्यक्ष लाभ पुगेको बताउनु भयो ।

जग्गा दाता मध्येका एक कैलाश थापा मगरले समाज र समुदायको हितका लागि आफ्नो सानो योगदान उपयोगी भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि विकासका कार्यमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

वडासचिव तेजप्रसाद आचार्यले सञ्चालन गर्नु भएको सो कार्यक्रममा वडा सदस्य नविन राईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै शाब्दिक स्वागत गर्नु भएको थियो ।

सम्बन्धित खबर