
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु. तीन करोड ४८ लाख जुटाइएको बताउनु भयो । निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उहाँले बताउनु भयो ।


