
काठमाडौं । पुस १३ गते कीर्तिमान बनेको सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । सुन आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ ।
सुन आज १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँ थियो । अस्ति पनि सुनको भाउ तोलामा ७ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ थियो । अस्ति पनि चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तोलाको ४ हजार ५९० रुपैयाँ थियो ।


