२०८२ पौष १६ बुधवार , १२:५४:३८ बजे

Sajhamanch
'

जेनजी आन्दोलनका क्रममा बिर्तामोडको हिरासतबाट फरार १८ वर्षीय युवक पक्राउ

बुधवार, पौष १६, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट फरार भएका बिर्तामोड नगरपालिका–३, बिर्ताबजार निवासी १८ वर्षीय राहुल माझीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार माझीलाई सोमबार बिहान १०ः३० बजे कनकाई नगरपालिका–३ स्थित पश्चिम स्टेन्ड क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको नेतृत्वको टोलीले पक्राउ गरेको जनाएको छ।

माझी यसअघि अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका थिए। पक्राउपछि उनलाई नियन्त्रणमा लिई पुनः इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ।

सम्बन्धित खबर