२०८२ पौष १५ मङ्गलवार , ०२:२०:२६ बजे

Sajhamanch
'

नगर प्रहरीलाई विपद् व्यवस्थापनको तालिम दिँदै सशस्त्र प्रहरी

मङ्गलवार, पौष १५, २०८२

मेचीनगर ।  मेचीनगरमा घट्न सक्ने सम्भावित विपद्हरुको समाधान र प्रभावकारी नियन्त्रण गर्नका लागि नगरप्रहरी र जनप्रतिनिधिहरुलाई तयारी गराइएको छ ।

विपद्मा आउन सक्ने हरेक प्रकारका समस्याहरुसँग जुध्न सशस्त्र प्रहरीले मेचीनगरका नगरप्रहरी र जनप्रतिनिधिहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएर तयारी गराइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाले मेचीनगर नगरपालिकाका ६ जना नगरप्रहरी, ९ जना बारुणयन्त्रका प्रहरी तथा कर्मचारी र १५ वटै वडाका एक÷एक जना वडा सदस्य गरी ३० जनालाई समुदाय विपद् स्वयंसेवक तालिम दिइरहेको नगर प्रहरीका इन्चार्ज श्याम गिरीले जानकारी दिनुभयो ।

नगरपालिकाको सभाहलमा शुक्रबारदेखि सुरु तालिम १८ दिनसम्म सञ्चालन हुनेछ । सशस्त्र प्रहरी बल झापाका डीएसपी एवम् प्रवक्ता रोहित घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक सुजल भण्डारी र नायव निरीक्षक खेमराज कटुवालले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सशस्त्र प्रहरीको सहकार्यमा नगरपालिकाले बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाहरुको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय श्रोत तथा साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधिहरु र विपद्को समयमा आधुनिक उपकरणहरुको प्रयोगका बारेमा तालिम उपलब्ध गराइएको बताउनु भयो ।

तालिममा घर, भवन, वनमा आगलागी हुँदा डोरीको सहायतबाट जिपलाइन, अपर रिभर्सक्रस,¥याप्लिङ्ग, विभिन्न गाँठो तथा नटहरु बनाउने तरिका, वाढी तथा डुबानमा रेस्क्युको दौरान इम्प्रोभिसेड ¥याफट बोट बनाउने तरिका, घाइते बिरामीलाई अस्पताल लैजान स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीबाट स्ट्रेचर बनाउने तरिका, घाइते विरामीको प्राथमिक उपचार लगायतका बारेमा जानकारी गराइएको थियो ।

विभिन्न खालका विपद्को प्रकोपलाई सहज तरिकाले समाधान गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले राष्ट्रियस्तरमा नै स्थानीयसँग जोडिएर नगरप्रहरी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधिहरुलाई समुदायमा तालिमहरु दिने गरेको छ ।

तालिममा सहभागी नगरप्रहरी प्रकाश बानियाँले मेचीनगर विपदको उच्च जोखिममा रहेकाले विपद न्युनिकरणसँगै विपदपछि हुन सक्ने सम्भावित जोखिममा पर्ने नागरिकहरुको खोज तथा उद्धारका लागि आयोजना गरिएको तालिम महत्वपूर्ण र फलदायी हुने बताउनु भयो ।

प्रत्येक दिन विहान नेपाल प्रहरीका भूतपूर्व हवलदार नगरप्रहरी मेदनी शिवाकोटीले पिटीपरेड गराउने गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पनि नगरप्रहरीको आग्रहमा नगरपालिकाको केहि भवनहरु जोगिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनीका वाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक (डीआईजी) कुमार न्यौपानेले विपद्जन्य घटनाहरुमा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनावाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्य रहेको दावी गर्नुभयो ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक र व्यवहारिक ज्ञानले आगामी दिनहरूमा हुनसक्ने विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग हुने बताउनु भयो ।

मङ्गलवार, पौष १५, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर