२०८२ पौष १५ मङ्गलवार , ०१:३६:४५ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन तोलामा ७९०० रुपैयाँले घट्यो

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ थियो । अस्ति सुनको भाउले कीर्तिमान बनाएकोमा तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज एकैदिन तोलामा ३०५ रुपैयाँले घटेर तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८९५ रुपैयाँ थियो ।

मङ्गलवार, पौष १५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर