२०८२ पौष १४ सोमवार , ०२:३९:५७ बजे

Sajhamanch
'

कपडा सुकाउँदा करेन्ट लागेर एकको मृत्यु

सोमवार, पौष १४, २०८२

काठमाडौँ । कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका-७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइने भएकी थिइन् ।

उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । उपचारकै क्रममा ९:५० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोमवार, पौष १४, २०८२ | समाज

सम्बन्धित खबर