
काठमाडौं । लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ ।
हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ थियो । हिजोको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोालको ४ हजार ८३५ रुपैयाँ थियो ।


