
बिर्तामोड । क्याटलिष्ट इन्टरप्रेनर्स सोसाइटी (सिईएस)को तेस्रो वार्षिक साधारणसभा आज आइतबार बिर्तामोडमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सन्दिप गिरीकाे अध्यक्षतामा भएकाे वार्षिक साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन तथा आगामी कार्योजना प्रस्तुत गरेका थिए ।
सभामा संस्थासँग सम्बन्धित विभिन्न विषयहरूमा सम्पूर्ण सदस्यहरू बीच विस्तृत तथा सार्थक छलफल भई आवश्यक सुझाव र निर्णयहरू सहित कार्यक्रम पारित गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नवीन भण्डारीले गरेका थिए ।


