२०८२ पौष १३ आइतवार , ०६:३३:०० बजे

Sajhamanch
'

चिसो बढेपछि महोत्तरीका १५ वटै पालिकामा विद्यालय बन्द

आइतवार, पौष १३, २०८२

महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका १५ वटै पालिकाले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका सबै पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।

पालिकाले मिन पचासको बिदाबाट कटौती हुने गरि अहिलेलाई २ देखि ३ दिन बिदाको घोषणा गरेका छन् । तराई–मधेशमा पुस लागेदेखि नै शीतलहर र चिसो हावा चल्न थालेको हो । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

आइतवार, पौष १३, २०८२ | समाज

सम्बन्धित खबर