
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेको त्यसयता पहिलोपछक सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ ।
एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।


