२०८२ पौष ११ शुक्रवार , १२:२५:१७ बजे

Sajhamanch
'

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उहाँको निवास पुग्नु भएको छ। उहाँहरूबीच बिहान १० बजेदेखि भेटवार्ता जारी छ ।

खरेलले देउवालाई भेटेपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।

खरेलको सचिवालयका अनुसार उहाँ बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु पुग्नु हुने छ । त्यसपछि खरेल प्रचण्डलाई भेट्न १२ बजे पुग्नु हुने छ ।

सम्बन्धित खबर