
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ६१ हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार २३५ रुपैयाँ रहेको थियो ।


