२०८२ पौष ७ सोमवार , १२:२७:०५ बजे

Sajhamanch
'

बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा भेटियो

सोमवार, पौष ७, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ ।

आइतबार दिउँसो १२ः२५ बजे बिर्तामोड नगरपालिका-६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राइफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको गोली–३ राउन्ड (साबुत) बेवारिसे अवस्थामा फेला परेको हो ।

हातहतियार तथा गोलीगठ्ठाहरु बेवारिसे अवस्थामा फेला परेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर बरामद गरेको थियो ।

बरामद भएको ईन्सास राइफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इप्रका बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर