२०८२ पौष ४ शुक्रवार , ०८:३८:०० बजे

Sajhamanch
'

कमल ५ का ४५ जना ज्येष्ठ सदस्यहरुलाई फाइवरको सिरक प्रदान

शुक्रवार, पौष ४, २०८२

कमल । झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले आज एक कार्यक्रमका बीच ज्येष्ठ सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

वडाको चालू आर्थिक वर्षको सिलिङ बजेटबाट वडामा रहेका ८ वटा टोल विकास संस्थाको कार्यक्षेत्र भित्र स्थायी बसोबास गर्नुहुने ७० वर्षभन्दा माथिका ४५ जना ज्येष्ठ सदस्यहरुलाई फाइवरको सिरक वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडामा रहेको सिमित बजेटबाट एकैवर्षमा सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्न नसकिँने भएकाले वडाको बजेटको आकार अनुसार हरेक वर्ष ज्येष्ठ नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै सम्मान गर्दै लगिने वडाध्यक्ष लालबहादुर विष्टले बताउनु भयो ।