२०८२ पौष २ बुधवार , ०१:२१:१२ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च

बुधवार, पौष २, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामै १७० रुपैयाँले बढेको छ । चाँदी १७० रुपैयाँले बढेर तोलाको चार हजार ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ८८५ रुपैयाँ थियो ।

सम्बन्धित खबर