२०८२ पौष २ बुधवार , ११:५७:२९ बजे

Sajhamanch
'

झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना घाइते

बुधवार, पौष २, २०८२

झापा । झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति ८ः४५ बजे अर्जुनधारा-११ निवासी ४५ वर्षीय जीवनकुमार श्रेष्ठलाई सोही ठाउँका २६ वर्षीय नितेश माझी भन्ने अनीश माझीले धारिलो हतियार प्रहार गरेका हुन् ।

माझीले सामान्य विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रेष्ठलाई घाइते बनाएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ । हतियार प्रहार गर्ने माझीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर